Category:

Press

नेपालगन्ज लिटिल स्टार: अडिसनमा ४६ जना बालबालिका

‘नेपालगन्ज लिटिल स्टार ः २०७९’ को अडिसन भएको छ । पूर्वपाठशाला, प्राथमिक र माध्यमिकतहका ४६ जना बालबालिकाले अडिसन दिएको आयोजकले जनाएको छ । अडिसनका सहभागीहरूलाई मिस नेपालगन्ज २०१९ सन्ध्या शाहले छानेकी थिइन् । हरेकतहमा २० जना सहभागी हुने प्रावधान रहेकोले बाँकी सहभागीलाई शुक्रवारसम्म वाइल्डकार्डबाट लिइने आयोजकले जनाएको छ । आयोजक संस्था लिभवेलका अनुसार, छनोट भएका सबै प्रतियोगीहरूलाई १० दिन हिडाइ, वक्तृत्व, ड्रेसिङ सेन्स, सांस्कृतिक पहिरन, टेबल म्यानर, नृत्य, गायन, कोरियोग्राफी, समाजसेवा र व्यक्तिगत क्षमतामा विशेष प्रशिक्षण दिइने छ । ‘प्रतिदिन एक

Continue reading ➝