Gopal Yonjan – Mero Topi (Full lyrics in description)



रचनाः गोपाल योन्जन
संगीतः गोपाल योन्जन
स्वरः गोपाल योन्जन

यो मेरो टोपी हो…
मेरो टोपी कैलाशको शीर जस्तो
मेरो टोपी हिमाली भीर जस्तो
मेरो टोपी कैलाशको शीर जस्तो
हिमाली भीर जस्तो
कहिले पनि झुक्न नजान्ने
कहिले पनि लुक्न नमान्ने
मेरो टोपी
नेपाली वीर जस्तो
नेपाली वीर जस्तो

मेरो टोपी भित्र
मेरो बहिनीको मायाको बास
मेरो टोपी भित्र
मेरो बहिनीको मायाको बास
अहिलेसम्म भोगेको मैले
मेरै घाम छाँयाको बास
अहिले सम्म भोगेको मैले
मेरै घाम छायाको बास
मेरो टोपी हो…
मेरो टोपी मैलो होइन
यही माटोको टिको लागेको
मेरो टोपी मैलो होइन
यही माटोको टिको लागेको
मेरो पसिना पुछ्दा पुछ्दा
यस्लाई केही दिक्क लागेको
यो मेरो टोपी हो…
मेरो टोपी गाउंलेको शीर माथि
मेरो टोपी लाहुरेको शीर माथि
मेरो टोपी गाउलेको शीर माथि
लाहुरेको शीर माथि
ठुलो सानो जान्दैन यो
भेदभाव मान्दैन यो
मेरो टोपी
सुहाइदिन्छ सबै सबै
नेपाली शीर माथि

धाव धाव अखडा भित्र
मेरो टोपी लडदै थियो
धाव धाव अखढा भित्र
मेरै टोपी लद्दै थियो
सगरमाथा ऊंभोे पनि
मेरै टोपी चढ्दै थियो
सगरमाथा ऊंभोे पनि
मेरै टोपी चढ्दै थियो
मेरो टोपी हो…
मेरो टोपी खोज्दै गए
सागर देखि शहर सम्म
मेरो टोपी खोज्दै गए
सागर देखि शहर सम्म
जहाँ पनि जहिले पनि
यो त अघि बढ्दै थियो
यो मेरो टोपी हो…
मेरो टोपी हितैको साथी जस्तो
मेरो टोपी आमाको छाती जस्तो
मेरो टोपी हितैको साथी जस्तो
आमाको छाती जस्तो
दुःख सुखमा काम लाग्ने
नेपालीको नाम लाग्ने
मेरो टोपी
आफ्नो सन्तान चिनाउने
जन्मैको भावी जस्तो
यो मेरो टोपी हो…

source

Leave a Reply

Your email address will not be published. Required fields are marked *